भारतीय क्रिकेटर विराट कोहलीले घोषणा गरे टेस्ट क्रिकेटबाट संन्यास

बिजमाण्डू
२०८२ बैशाख २९ गते १३:०७ | May 12, 2025
भारतीय क्रिकेटर विराट कोहलीले घोषणा गरे टेस्ट क्रिकेटबाट संन्यास
Photo : NDTV


भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्।

Tata
GBIME
NLIC

कोहलीले हालसम्म १२३ वटा टेस्ट खेल खेलेका छन्। २१० पारीमा उनले ४५.८५ को औसतले ९ हजार २३० रन बनाएका छन्।

टेस्ट क्रिकेटमा उनले सर्वाधिक २५६ रन (नटआउट)  बनाएका छन्। उनले इन्स्टाग्राम पोस्टमार्फत संन्यासको घोषणा गरेका हुन्।

कोहलीले १४ वर्ष पहिला पहिलोपटक टेस्ट खेल खेलेका थिए। उनले सेतो जर्सीमा खेल्नु आफ्नो लागि निकै विशेष रहेको उल्लेख गरेका छन्।

उनले आफ्नो करियरमा १२३ टेस्ट खेल्दा ६८ वटामा उनी आफै कप्तान थिए।

‘साँच्चै भन्नुपर्दा, यो फर्म्याटले मलाई कस्तो यात्रामा लैजान्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। यसले मलाई परीक्षा लियो, आकार दियो, र मैले जीवनभर बोक्ने पाठहरू सिकायो,’  कोहलीले सोमबार बिहान एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘जब म यो फर्म्याटबाट टाढा हुँदैछु, यो सजिलो छैन – तर यो सही महसुस हुन्छ। मैले यसलाई मसँग भएको सबै दिएँ  र यसले मलाई मैले आशा गरेको भन्दा धेरै फिर्ता दियो।’

टेस्ट फर्म्याटबाट टाढिनु आफ्नो निकै गाह्रो हुने बताएका उनले आफ्नो करियरलाई खुशीका साथ हेर्ने बताएका छन्।  

केही दिन अघिमात्रै रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।