विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर, युरो र पाउण्डसँगै अधिकांशको मूल्य घट्यो

बिजमाण्डू
२०८२ बैशाख २७ गते ०७:०६ | May 10, 2025
विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर, युरो र पाउण्डसँगै अधिकांशको मूल्य घट्यो


काठमाडौं। अमेरिका र चीनबीच जेनेभामा व्यापार वार्ता सुरु हुँदा शनिबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङसँगै सबैजसो विदेशी मुद्राको विनिमय दर घटेको छ। ट्रम्प प्रशासनले चिनियाँ सामानमा अमेरिकी भन्सार दर उच्च बनाएको छ। यसले निर्यातमा आधारित चिनियाँ अर्थतन्त्रलाई चुनौती बढेको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ३० पैसा र बिक्री दर १३६ रुपैयाँ ९० पैसा भएको छ। शुक्रबार खरिद दर १३६ रुपैयाँ ८४ पैसा र बिक्री दर १३७ रुपैयाँ ४४ पैसा थियो।

यस्तै युरोपियन युरोको खरिद दर १५३ रुपैयाँ ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ७ पैसा छ। शुक्रबार खरिद दर १५४ रुपैयाँ ४९ पैसा र बिक्री दर १५५ रुपैयाँ १७ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १८० रुपैयाँ ९७ पैसा र बिक्री दर १८१ रुपैयाँ ७७ पैसा छ। शुक्रबार खरिद दर १८२ रुपैयाँ २२ पैसा र बिक्री दर १८३ रुपैयाँ २ पैसा थियो।

चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ८२ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा भएको छ। शुक्रबार खरिद दर १८  रुपैयाँ ९१ पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा थियो।

स्वीस फ्रयांक, अष्ट्रेलियन डलर, सिंगापुर डलर, जापानी येन, थाइ भाट मलेसियन रिंगेट घटेका छन्। साउदी रियाल, कतारी रियाल, यूएई दिराम, ओमानी रियाल, बहरेन दिनार र कुवेती दिनार पनि शुक्रबारका तुलनामा शनिबार सस्तिएका छन्।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३६.३०१३६.९०
युरोपियन युरो१५३.३९१५४.०७
पाउण्ड स्टर्लिङ१८०.९७१८१.७७
स्वीस फ्रयांक१६४.०९१६४.८१
अष्ट्रेलियन डलर८७.२७८७.६६
क्यानेडियन डलर९७.९४९८.३८
सिंगापुर डलर१०५.०५१०५.५१
जापानी येन१०९.३९९.४३
चिनियाँ युआन१८.८२१८.९१
साउदी रियाल३६.३४३६.५०
कतारी रियाल३७.३९३७.५६
थाइ भाट४.१३४.१५
यूएई दिराम३७.११३७.२७
मलेसियन रिंगेट३१.७२३१.८६
कोरियन वोन१००९.७४९.७८
स्वेडिश क्रोनर१४.०५१४.११
डेनिश क्रोनर२०.५६२०.६५
हङकङ डलर१७.५२१७.६०
कुवेती दिनार४४४.३५४४६.३१
बहरेन दिनार३६१.५२३६३.११
ओमानी रियाल३५४.०५३५५.६१
स्रोत : नेपाल राष्ट्र बैंक