विद्यालयमा नेपाली भाषा बोले विद्यार्थीलाई दण्डित गर्ने काम रोक्न काठमाडौं महानगरको निर्देशन

बिजमाण्डू
२०८२ बैशाख २२ गते १४:५३ | May 5, 2025
विद्यालयमा नेपाली भाषा बोले विद्यार्थीलाई दण्डित गर्ने काम रोक्न काठमाडौं महानगरको निर्देशन


काठमाडौं। काठमाडौं महानगरपालिकाले सिकाइको माध्यम अङ्ग्रेजी भएका विद्यालयमा विद्यार्थीले नेपाली भाषामा संवाद गरे दण्डित वा जरिवाना गर्ने काम तत्काल रोक्न निर्देशन दिएको छ।

Tata
GBIME
NLIC

सोमबार एक सूचना जारी गर्दै महानगरको शिक्षा विभागले गुनासो प्राप्त भएको भन्दै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीलाई नेपाली भाषामा संवाद गरे कारवाही गर्ने काम रोक्न निर्देशन दिएको हो।

‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।