धादिङको तिप्लिङस्थित भाडाको घरमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना

बिजमाण्डू
२०८२ बैशाख १९ गते १६:५७ | May 2, 2025
धादिङको तिप्लिङस्थित भाडाको घरमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना


काठमाडौं। धादिङको रुवी भ्याली गाउँपालिका-१ तिप्लिङमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ।

Tata
GBIME
NLIC

गृहमन्त्री रमेश लेखकले शुक्रबार उक्त बीओपीको उद्घाटन गरेका छन्। धादिङको सदरमुकामबाट ७०.७५ किलोमटर टाढा र २२ सय मिटर उचाइमा रहेको यस बीओपी हाललाई सोही गाउँपालिकाले उपलब्ध गराएको भाडाको घरमा बसेको छ।

यसअघि उत्तरतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, गोरखाको साम्दो, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना भइसकेको छ।

योसँगै छिमेकी मुलुक चीनतर्फको सीमानामा ११ र भारततर्फको सीमानामा २ सय ४४ गरी कुल बीओपीको संख्या २ सय ५५ पुगेको छ।