एनआइएमबि स्टक मार्केटले ल्यायो आफ्नै टीएमएस, लगानीकर्ताले सुरक्षितरुपमा कारोबार गर्न सक्ने

बिजमाण्डू
२०८२ बैशाख १८ गते १२:२२ | May 1, 2025
एनआइएमबि स्टक मार्केटले ल्यायो आफ्नै टीएमएस, लगानीकर्ताले सुरक्षितरुपमा कारोबार गर्न सक्ने


काठमाडौं। एनआइएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नै नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
NLIC

स्टकले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याएको हो। सेयर कारोबार सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रणाली ल्याएको कम्पनीले जनाएको छ।

नयाँ टीएमएसबाट लगानीकर्ताले अनलाइनमार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सक्नेछन्। त्यस्तै, मोबाइलबाटै कारोबार गर्न सक्नेछन्।

एनआइएमबि स्टक मार्केट्स नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त ब्रोकर कम्पनी हो। ग्राहक केन्द्रित सेवा र प्रविधिको प्रयोगले पुँजीबजारको विकासमा योगदान पुग्ने कम्पनीको विश्वास छ।

नेपाल स्टक एक्सचेन्जको टीएमएस प्रयोग गरेर कारोबार गरिरहेका ब्रोकर कम्पनीहरुले पछिल्लो समय आफ्नै प्रणाली सञ्चालनमा ल्याउन थालेका छन्।