काठमाडौं। एनआइएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नै नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ।
स्टकले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याएको हो। सेयर कारोबार सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले आधुनिक प्रणाली ल्याएको कम्पनीले जनाएको छ।
नयाँ टीएमएसबाट लगानीकर्ताले अनलाइनमार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सक्नेछन्। त्यस्तै, मोबाइलबाटै कारोबार गर्न सक्नेछन्।
एनआइएमबि स्टक मार्केट्स नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त ब्रोकर कम्पनी हो। ग्राहक केन्द्रित सेवा र प्रविधिको प्रयोगले पुँजीबजारको विकासमा योगदान पुग्ने कम्पनीको विश्वास छ।
नेपाल स्टक एक्सचेन्जको टीएमएस प्रयोग गरेर कारोबार गरिरहेका ब्रोकर कम्पनीहरुले पछिल्लो समय आफ्नै प्रणाली सञ्चालनमा ल्याउन थालेका छन्।