
काठमाडौं। कीर्तिमानी मूल्यको रेकर्डबाट सुनको भाउ विस्तारै ओरालो लाग्दैछ। अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ।
कारोबार मूल्य प्रति तोला १ लाख ८३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा बुधबार ७ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला १ लाख ८८ हजार १ सय रुपैयाँ भएको थियो। यसअघि भाउ बढेर प्रति तोला १ लाख ९७ हजार पुगेको सुन पुनः क्रमिक घटिरहेको छ।
चाँदी तोलामा ५० रुपैयाँ घटेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय १५ रुपैयाँ भएको छ। बुधबार ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ६५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार घटेर प्रति औंस ३२२७.०७ डलर भएको छ भने चाँदी प्रति औंस ३२.०७ डलरमा आएको छ। सुन एकै दिन ८१.२० डलरले घटेको छ भने चाँदीको कारोबार मूल्यमा ०.५७ डलरको गिरावट छ।