
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। चौधरीलाई सादा पोशाकमा खटिएका प्रहरीले बुधबार काठमाडौंको प्रज्ञा भवन परिसरबाट पक्राउ गरेका हुन्।
चौधरी जनमत पार्टीसँग नागरिक उन्मुक्ति पार्टीको एकीकरण कार्यक्रमका लागि प्रज्ञा भवन पुगेका थिए। उनी पक्राउ परेपछि बुधबारका लागि तय एकीकरण कार्यक्रम स्थगित भएको छ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले चौधरीलाई प्रहरीले कार्यक्रमस्थलबाट पक्राउ गरेकाले एकीकरण कार्यक्रम स्थगित गरिएको बताएका छन्।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ।’