
काठमाडौं। श्री इन्भेष्टमेन्ट फाइनान्स र मिथिला लघुवित्तको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। शुक्रबार दुई कम्पनीको ४ लाख ६२ हजार ४७१.७३ कित्ता बोनस सेयर थपिएको हो।
श्री इन्भेष्टमेन्टको १ लाख ८३ हजार १६८ कित्ता सेयर थपिएको छ। फाइनान्सले पोहोरको मुनाफाबाट सेयरधनीलाई १.८६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यस्तै, मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता सेयर थपिएको छ। लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।