
काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ। लघुवित्तले थप सार्वजनिक निष्कासन गरेपछि साधारण सेयर हिस्सा ३६.१३ प्रतिशत पुगेको छ।
लघुवित्तको सञ्चालक समितिले बिहीबार ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक समूहको सेयर साधारणमा अभिलेख गर्ने निर्णय गरेको हो।
लघुवित्तको सेयर संरचना परिवर्तनपछि संस्थापकको सेयर हिस्सा ६३.८७ प्रतिशतले हुन आउने ४० लाख १७ हजार ७५२.३५ कित्ता कायम भएको छ।
यस्तै, सर्वसाधारणको स्वामित्वमा २२ लाख ७२ हजार ७६३.३० कित्ता सेयर छ।