नेप्सेमा स्वाभिमान र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, कुनको कति कायम ?

बिजमाण्डू
२०८२ बैशाख १० गते १६:३९ | Apr 23, 2025
नेप्सेमा स्वाभिमान र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, कुनको कति कायम ?

काठमाडौं। स्वाभिमान र स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले ती दुई कम्पनीको सेयर मूल्य बुधबार समायोजन गरेको हो।

Tata
GBIME

समायोजनपछि स्वाभिमानको सेयर मूल्य प्रति कित्ता १७३६.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबार अन्तिम कारोबार प्रति कित्ता १८२२.८६ रुपैयाँका दरले भएको थियो।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ।

यस्तै, स्वरोजगार लघुवित्तको सेयर बुधबार अन्तिममा प्रति कित्ता ९६०.२४ रुपैयाँका दरले कारोबार भएकामा समायोजनपछि मूल्य ८४६.०३ रुपैयाँ कायम भएको छ।

स्वरोजगारले गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर वितरण गर्दैछ। समायोजनपछि कायम मूल्यमा बिहिबार कारोबार खुल्नेछ।