
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जम्मू कश्मीरमा भएको जघन्य आतंकवादी हमलाको निन्दा थरेका छन्।
जम्मू कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा २० जनाभन्दा बढी मारिएका छन्। मारिनेमा एक नेपालीसहित धेरै पर्यटक रहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
ओलीले मोदीसँग बहुमूल्य जीवन गुमाएकाहरु प्रति हार्दिक समवेदना व्यक्त पनि गरेका छन्।
त्यसक्रमा प्रधानमन्त्री मोदीले पनि आतंकवादी हमलामा एक युवा नेपालीको मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका थिए। उनले क्रूर आतंकवादी हमलाका अपराधीहरूलाई न्यायको कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएका थिए।
टेलिफोन वार्ताका क्रममा आतंकवाद विरुद्धको लडाईमा भारत र नेपाल एकसाथ उभिएको दुवै नेताले बताएका थिए।