खराब कर्जा बढेपछि बैंकहरुको पुँजी क्षयीकरण, लगानीमा कस्तो असर गर्ला?

आकाश बोगटी
२०८२ बैशाख १० गते १२:१६ | Apr 23, 2025
खराब कर्जा बढेपछि बैंकहरुको पुँजी क्षयीकरण, लगानीमा कस्तो असर गर्ला?

काठमाडौं। लगानीयोग्य रकम (तरलता) पर्याप्त भएपनि खराब कर्जामा वृद्धिले पुँजीकोषमा दबाब हुँदा अधिकांश बैंक थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन्।

Tata
GBIME

चालु आर्थिक वर्ष ९ महिनाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा वाणिज्य बैंकहरुको लगानी क्षमता करिब ११ प्रतिशत छ। तर, लगानी क्षमताका बावजुद् पुँजीकोष चापका कारण आधा दर्जन बैंक लगानी बढाउन नसक्ने अवस्थामा छन्। कुमारी र हिमालयन बैंकको पुँजीकोष अनुपात सीमाभन्दा तल छ।

वाणिज्य बैंकहरुले प्राथमिक पुँजीकोष साढे ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ। हाल कुमारी बैंकको पुँजीकोष ७.३१ र हिमालयन बैंकको ८ प्रतिशत छ। यस्तो अवस्थामा ऋण असुलीबाट पुँजीकोष सुधार गर्नुपर्छ।

सीडी रेसियो हेर्दा हिमालयन बैंकसँग १०.६२ प्रतिशत र कुमारी बैंकसँग १०.१६ प्रतिशत कर्जा लगानी गर्ने क्षमता छ। लगानी क्षमता भएपनि पुँजीकोषका कारण यी बैंकले थप लगानी गर्न सक्दैनन्।

प्रभु, सिटिजन्स, माछापुच्छ्रे, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, नबिल, सिद्धार्थ, लक्ष्मी सनराइज र एनएमबि बैंकको पुँजीकोष बोर्डर लाइन नजिक छ। खराब कर्जाको मात्रा घटाउन नसके यी बैंकहरुले समेत लगानी बढाउन सक्ने देखिंदैन।

राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो सबैभन्दा कम छ। चैतसम्म बैंकको यस्तो रेसियो ६४.३७ प्रतिशत छ। सीडी रेसियोलाई हेर्दा बैंकको लगानी क्षमता २५.६३ प्रतिशत छ। तर, खराब कर्जा बढ्दै गइरहेका कारण बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.२३ प्रतिशत छ। पछिल्लो एक वर्षमा बैंकको पुँजीकोष अनुपात १.१८ प्रतिशत विन्दुले खुम्चिएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि पुँजीकोष दबाबका कारण ऋण दिन सक्ने अवस्थामा नरहेको बैंकरहरु बताउँछन्।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले लगानीयोग्य रकम थुप्रिए पनि बैंकहरु खराब कर्जाले पुँजीकोषमा परेको दबाबका कारण समस्यामा परेको बताए।

‘निक्षेपको ब्याजदर उच्च दरले घटेको छ। त्यसले बैंकहरुको लागत घटाउन मद्दत पुगेको छ। तर, ऋण असुली सुधार नहुँदा खराब कर्जा बढिरहेको छ,’ उनले भने, ‘खराब कर्जा बढ्दा कर्जा नोक्सानी थपिएर पुँजीकोषमा चाप देखिएको हो। जसले गर्दा दिल खोलेर लगानी गर्ने अवस्था छैन।’

पछिल्लो ९ महिनामा वाणिज्य बैंकहरुले ३ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वाणिज्य बैंकहरुको ९ महिनाको कर्जा वृद्धिदर ७.५४ प्रतिशत हो।

ऋण असुली प्रभावित हुँदा खराब कर्जा पनि बढिरहेको छ। चैत मसान्तमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ४.८३ प्रतिशत पुगेको छ। पोहोर चैत मसान्तमा वाणिज्य बैंकको खराब कर्जा अनुपात ३.६५ प्रतिशत थियो।

अधिक तरलताका बावजुद् खराब कर्जाका कारण पुँजी क्षयीकरण भएको बैंकहरु बताउँछन्। पछिल्लो एक वर्षमा बैंकहरुको प्राथमिक पुँजीकोष ०.१४ प्रतिशत विन्दुले खुम्चिएको छ।

७ वटा वाणिज्य बैंकको पुँजीकोषमा झिनो सुधार भएको देखिन्छ। स्टान्डर्ड चार्टर्ड बैंकको पुँजीकोष सबैभन्दा धेरै १.१९ प्रतिशत विन्दुले बढेको छ। नेपाल बैंकको पुँजीकोष पनि ०.५३ प्रतिशत विन्दुले सुधारिएको छ।

नेपाल बैंकका सीइओ तिलकराज पाण्डेय कर्जा असुलीमा सुधार र लगानी सुस्त हुँदा पुँजीकोष बढेको बताउँछन्। ‘नयाँ लगानी त्यति उत्साहजनक छैन। तैपनि असुलीमा सुधार हुँदा खराब कर्जा घटेको छ,’ उनले भने, ‘ऋण असुलीमा सुधारले पुँजीकोष बढेर लगानी क्षमता थप मजबुत भएको छ।’

वाणिज्य बैंकसीडी रेसियो२०८१/८२ चैतसम्मको निष्कृय कर्जा (प्रतिशत)२०८०/८१ चैतसम्मको निष्कृय कर्जा (प्रतिशत)फरक
(प्रतिशत)
२०८१/८२ चैतसम्मको प्राथमिक पुँजीकोष (प्रतिशत)२०८०/८१ प्राथमिक पुँजीकोष (प्रतिशत)फरक
(प्रतिशत)
नेपाल७२.७१५.४५४.८५०.६१०.९१०.३७०.५३
राष्ट्रिय वाणिज्य६४.३७४.६९४.३०.३९९.२३१०.४१-१.१८
नबिल८२.३१४.९६४.०४०.९२९.१२९.१०.०२
नेपाल इन्भेष्टमेन्ट मेगा७६.७६६.०६४.६६१.४१०.५११०.३५०.१६
स्टान्डर्ड चार्टर्ड७२.९४१.४४२.१४-०.७१५.१५१३.९६१.१९
हिमालयन७९.३८७.६८४.९६२.७२८.८६-०.८६
नेपाल एसबिआइ७५.४९४.०६१.९८२.०८९.४७१०-०.५३
एभरेष्ट८४.०७०.६४०.७१-०.०७९.८११०.४६-०.६५
एनआइसी एशिया८३.४७५.७५३.०८२.६७९.०५८.२५०.८
माछापुच्छ्रे८४.७६४.५९३.६८०.९१८.८८.८
कुमारी७९.८४६.९८४.९५२.०३७.३१८.०३-०.७२
लक्ष्मी८२.४८५.८६५.४९०.३७९.३९.४८-०.१८
सिद्धार्थ८३.९६४.०४२.५२१.५२९.१९९.२३-०.०४
कृषि७६.३३४.९८३.३१.६८११.६५११.३६०.२९
ग्लोबल आइएमई७८.०४४.९८४.७४०.२४१०.१७९.९३०.२४
सिटिजन्स८५.९५.७१३.७६१.९५८.८४९.१५-०.३१
प्राइम८४.८५.६५४.२९१.३६१०.०२१०.५४-०.५२
एनएमबि८३.९७४.४७२.८६१.६१९.२३९.६८-०.४५
प्रभु७३.३३५.०९४.८१०.२८८.६७८.८५-०.१८
सानिमा८१.०४३.४२१.८९१.५३९.५४९.८९-०.३५
औसत७९.२९४.८३३.६५१.१७९.७९.८४-०.१४
स्रोत : बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण