
काठमाडौं। एभरेष्ट बैंकको ऋण पत्र नेप्सेमा सूचीकृत भएको छ। सोमबार नेप्से र बैंकबीच १० वर्ष अवधिको ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ सूचीकरण गर्ने समझदारी भएको हो।
बैंकले अंकित मूल्य १,००० रुपैयाँको ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। बैंकको ऋणपत्र नेप्सेमा सूचीकरण भएसँगै मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको थियो।