भारत ओर्लिएपछि श्रीमतीसहित मन्दिर पुगे अमेरिकी उपराष्ट्रपति भान्स, करको दरमा नजर

बिजमाण्डू
२०८२ बैशाख ८ गते १३:३४ | Apr 21, 2025
भारत ओर्लिएपछि श्रीमतीसहित मन्दिर पुगे अमेरिकी उपराष्ट्रपति भान्स, करको दरमा नजर
Photo : ANI


काठमाडौं। अमेरिकाका उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन्। पहिलो आधिकारिक भ्रमणका सिलसिलामा उनी नयाँदिल्लीको पालम एयरपोर्टमा सोमबार अवतरण गरेका हुन्।

Tata
GBIME
NLIC

भान्स चार दिने भ्रमणका लागि परिवारसँगै भारत पुगेका हुन्। भान्सकी श्रीमती उषा भान्स भारतीय मूलकी हुन्। भान्सलाई केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरेकी थिइन्।

भान्सले आजै परिवारसहित अक्षरधाम मन्दिर भ्रमण गरेका छन्। आज साँझ ६ः३० बजे उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्।

भेटवार्तामा क्रममा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार लगायत विषयमा छलफल हुने जनाइएको छ। यस्तै, पछिल्लो समय अन्य देशसँगै भारतमाथि लगाइएको कर बारे धेरैको नजर यो भ्रमणमा केन्द्रित छ।

दिल्लीबाट भान्स परिवारसहित जयपुर र आगरा घुम्न पुग्नेछन्। उनी बिहीबार भारतबाट स्वदेश फर्किनेछन्।