सुन प्रति तोला एक लाख ९१ हजार रुपैयाँ पुग्यो, चाँदीको कारोबार मूल्य स्थिर

बिजमाण्डू
२०८२ बैशाख ८ गते ११:२३ | Apr 21, 2025
सुन प्रति तोला एक लाख ९१ हजार रुपैयाँ पुग्यो, चाँदीको कारोबार मूल्य स्थिर


काठमाडौं। सुनको भाउ सोमबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको छ। कारोबार मूल्य प्रति तोला १ लाख ९१ हजार रुपैयाँ पुगेको हो।

Tata
GBIME
NLIC

साताको पहिलो दिन सुनको भाउ गत शुक्रबार कायममा स्थिर थियो। त्यसमा १ हजार २ सय रुपैयाँ बढेर साताको दोस्रो दिन सर्वाधिक उच्चको कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

साताको पहिलो दिन सुनको मूल्य प्रति तोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। गत बिहीवार १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको सुन शुक्रबार ८ सय रुपैयाँ घट्दा तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य सोमबार प्रति तोला १ हजार ९ सय ६० रुपैयाँमा स्थिर छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य गत शुक्रबारदेखि स्थिर रहेर कारोबार भइरहे पनि स्थानीय बजारमा बढेको छ। सोमबार सुन प्रति औंस ३३१५.१३ डलर र चाँदी प्रतिऔंस ३२.४ डलरले कारोबार भइरहेको छ।