ट्रेड टावरको आइपीओ निष्कासन, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने

बिजमाण्डू
२०८२ बैशाख ८ गते १०:१५ | Apr 21, 2025
ट्रेड टावरको आइपीओ निष्कासन, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने


काठमाडौं । ट्रेड टावरले सोमबारदेखि आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरुका लागि आइपीओ खुलाएको हो।

Tata
GBIME
NLIC

वैदेशिक रोजगारीमा गएकाहरुलाई ३ लाख ९७ हजार १६९.३० कित्ता आइपीओ छुट्याइएको छ। उनीहरुले अंकित मूल्य १०० रुपैयाँमा वैशाख २२ गतेसम्म १० देखि १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको कुल ४८.६९ प्रतिशतले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ निष्कासन अनुमति पाएको छ।

यो वर्ष पुससम्म ५ करोड ६० लाख रुपैयाँ सञ्चित नाफामा रहेको विवरण कम्पनीले पेस गरेको छ। यस अवधिमा प्रति सेयर आम्दानी १.८८ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११३.३९ रुपैयाँ छ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै २०७९ असारमा सेबोनमा आवेदन दिएकामा गत चैत २५ गते स्वीकृति पाएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ।