एनएमबि हाइब्रिड फण्ड एल-२ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

बिजमाण्डू
२०८२ बैशाख ७ गते १५:३६ | Apr 20, 2025
एनएमबि हाइब्रिड फण्ड एल-२ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने


काठमाडौं। सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ नेप्सेमा सूचीकरण भएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो।

Tata
GBIME
NLIC

एनएमबि क्यापिटलले १० रुपैयाँ दरको १३ करोड ६४ लाख ८४ हजार इकाइ सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल-२’ निष्कासन गरेको थियो।

क्यापिटलले सार्वजनिक निष्कासनपछि इकाइ बाँडफाँट गरेर कारोबारका लागि नेप्सेमा सूचीकरण गराएको हो। कोषको इकाइ भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।