सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको १ लाख ८९ हजार ८ सय, अन्तर्राष्ट्रिय बजारमै स्थिर

बिजमाण्डू
२०८२ बैशाख ७ गते ११:३५ | Apr 20, 2025
सुनचाँदीको मूल्य स्थिर, सुन तोलाको १ लाख ८९ हजार ८ सय, अन्तर्राष्ट्रिय बजारमै स्थिर

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्य आइतबार स्थिर रहेको छ। सुन तोलाको १ लाख ८९ हजार ८ सय र चाँदी १ हजार ९ सय ६० रुपैयाँ छ।

Tata
GBIME

हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउमा ८ सय घटेर गत शुक्रबार १ लाख ८९ हजार ८ सय भएको थियो। त्यसअघि बिहीबार ३ हजार ६०० रुपैयाँले बढेर प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रति औंस ३३३९.७६ डलर पुगेको सुन भाउ शुक्रबार ३३१५.१३ डलरमा झरेको थियो। आइतबार मूल्य स्थिर रहेर कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३२.४ डलर छ।