
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ। बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको हो।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धी भई यस आर्थिक वर्षको तस्रो त्रैमास सम्ममा ६१.८९ अर्ब पुगेको छ। निक्षेपसँगै बैंकको कर्जा कारोबारमा पनि वृद्धि भएको छ। ग्राहकलाई प्रवाह गरेको कर्जा ४५.९८ अर्बबाट वृद्धि भई ४९.४७ अर्ब पुगेको छ।
समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ। सोही अवधिसम्ममा बैंकको कूल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो।
गत वर्ष ३.५५ प्रतिशत रहेको खराब कर्जामा वृद्धि भई ४.२७ प्रतिशत पुगेको छ। यद्यपि, बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४ प्रतिशत रहेको छ।
ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद् आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम भएको बैंकले जनाएको छ।
बैंकले गत साधारणसभाबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर नेपाल धितोपत्र बोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको।