हट्यो वीरगंज महानगरमा लगाइएको निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल

बिजमाण्डू
२०८२ बैशाख ५ गते ०७:१७ | Apr 18, 2025
हट्यो वीरगंज महानगरमा लगाइएको निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल


काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगंज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

Tata
GBIME
NLIC

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगंजको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

‘स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगंज महानगरका केही क्षेत्रमा बैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुने गरि हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।

गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो।

प्रशासनले सामाजिक सद्भाव कायम राख्न अपिल पनि गरेको छ।