दाउन्ने क्षेत्रको सडक पानी पर्दा हिलोका कारण अवरुद्ध, मनसुन अगावै काम सक्न मन्त्रीको निर्देशन

बिजमाण्डू
२०८२ बैशाख ४ गते १९:५२ | Apr 17, 2025
दाउन्ने क्षेत्रको सडक पानी पर्दा हिलोका कारण अवरुद्ध, मनसुन अगावै काम सक्न मन्त्रीको निर्देशन


काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ-बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण गरेका छन्।

Tata
GBIME
NLIC

मन्त्री दाहाल बिहीबार अपराह्न दाउन्ने क्षेत्रमा पुगेका हुन्। मन्त्री दाहालले वर्षा अगावै सडक स्तरोन्नतिको काम सक्न आयोजनाका कर्मचारी र निर्माण कम्पनीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

दाउन्ने क्षेत्रमा अहिले दिनहुँ केही घण्टा सवारी आवागमन रोकेर भित्तो काट्ने काम भइरहेको छ। यो सडकमा यात्रुले घण्टौं जाममा बस्नुपर्ने बाध्यता छ। बिहीबार पानी पर्दा सडक हिलोका कारण अवरुद्ध हुन पुगेको थियो।