बैंकहरुको कर्जा लगानी वृद्धि : चैतमा ६४ अर्ब प्रवाह, ३६ प्रतिशत अन्तिम एकै दिनमा

आकाश बोगटी
२०८२ बैशाख ४ गते ११:३४ | Apr 17, 2025
बैंकहरुको कर्जा लगानी वृद्धि : चैतमा ६४ अर्ब प्रवाह, ३६ प्रतिशत अन्तिम एकै दिनमा


काठमाडौं। उपभोक्ता कर्जामा सुधारका साथै ‘एभरग्रिनिङ’का कारण चैतमा बैंकहरुको लगानी बढेको देखिएको छ। चैतमा ६३ अर्ब ९० करोड रुपैयाँ ऋण विस्तार भएको छ।

Tata
GBIME
NLIC

पछिल्ला दिन गाडी र घर किन्न ऋणको माग आइरहेको बैंकरहरुले बताएका छन्। आधार दरकै हाराहारीमा उपभोक्ता कर्जा दिन थालेको प्रभाव लगानी विस्तार भएको उनीहरुको भनाइ छ। यसबाहेक चैतमा धेरै ऋण प्रवाह भएको देखिनुको अर्को महत्त्वपूर्ण कारण हो- एभरग्रिनिङ।

चैत मसान्तको हिसाब ठिकठाक देखाउन बैंकहरुले एउटा ऋण तिर्न घुमाउरो माध्यम प्रयोग गरेर अर्को ऋण सृजना गराएका छन्। यही बेला बैंकमा लिमिट लिएर बसेकाहरुले सरकारको राजस्वदेखि ब्याज भुक्तानीसम्मका लागि त्यो लिमिट प्रयोग गर्ने हुँदा पनि ऋण विस्तार उच्च देखिएको हो।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनाल आर्थिक गतिविधि बढ्न थालेकाले कर्जाको माग बढ्न थालेको बताउँछन्।

‘आर्थिक गतिविधि बढ्न थालेको छ। सेयर बजार पनि बढिरहेको छ। कर्जाको ब्याजदर धेरै तल आइसकेको अवस्था छ। सस्तो ब्याजदरका कारण कर्जाको माग बढेको छ,’ उनले भने, ‘सबैले चालु पुँजी कर्जाको लिमिट लिएर बसिरहेको हुन्छन्। उनीहरुले बेला बेलामा ब्याज तिरेर लिमिट कम गरिरहेका हुन्छन्। ब्याज तिर्नु पनि त्यसको उपयोग गर्छन्। जसले गर्दा अन्तिम समयमा कर्जा बढ्यो।’

२० वाणिज्य बैंकमध्ये १७ वटाले ऋण लगानी बढाएका छन्।

चैतमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९० करोड, नबिल बैंकले ७ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६० करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १० करोड कर्जा प्रवाह गरेका छन्।

चैतमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ। प्रभु, कुमारी र एनआइसी एसिया बैंकको ऋण लगानी भने घटेको छ।

कुमारी बैंकको ३ अर्ब ५० करोड, एनआइसी एसियाको १ अर्ब ४० करोड र प्रभु बैंकको ५० करोड रुपैयाँले कर्जा लगानी खुम्चिएको हो।

चैतमा बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये ३६ प्रतिशत अर्थात २३ अर्ब रुपैयाँ अन्तिम दिन अर्थात चैत ३१ गते गएको हो। राष्ट्र बैंकका अधिकारीहरु बैंकहरुले अन्तिम दिनमा एभरग्रिनिङका लागि ठूलो मात्रामा कर्जा प्रभाह गरेको बताउँछन्।

‘अन्तिम एक दिनमा २३ अर्ब कर्जाको माग कुरा पत्यारिलो होइन। बैंकहरुले एभरग्रिनिङका लागि छुट्याएका हुन्,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘मसान्तमा ब्याज तिर्नुपर्ने हुन्छ। ब्याज तिर्नका लागि बैंकहरुले नयाँ ऋण सृजना गरेका हुन्। विगतमा पनि मसान्तका बेला यसैगरी ह्वात्तै ऋण बढ्ने गरेको थियो।’

ब्याज असुल नभएर निष्क्रिय अवस्थामा जाने कर्जालाई सक्रिय अवस्थामा कायम राख्न ऋणीलाई विभिन्न शीर्षकमा थप ऋण दिने अभ्यास छ।

कुन बैंकले कति बढाए कर्जा लगानी?

वाणिज्य बैंकह २०८१ फागुन मसान्तसम्म
(रु. अर्बमा)
२०८१ चैत मसान्तसम्म
(रु. अर्बमा)
फरक (रु.अर्बमा)
कृषि विकास२०८.७८२११.५४२.८
सिटिजन्स१६९.८९१७२.७३२.८
एभरेष्ट२२४.०८२२५.८३१.८
ग्लोबल आइएमई४२९.८३४३८.८३
हिमालयन२५१.२२५२.५९१.४
कुमारी३०१.०९२९७.३२-३.८
लक्ष्मी सनराइज२८४.७२२८८.१६३.४
माछापुच्छ्रे१४५.१९१४६.२७१.१
नबिल४१४.३९४२१.५२७.१
नेपाल२२५.६१२२९.४७३.९
नेपाल इन्भेष्टमेन्ट मेगा३५१.६९३५७.२४५.६
नेपाल एसबिआई१३९.८५१४२.०३२.२
एनआईसी एसिया२४९.९२४८.५२-१.४
एनएमबि२३३.७४२३७.६७३.९
प्रभु२३४.५६२३४.१-०.५
प्राइम कमर्सियल२१५.७२२२०.७५५.०३
राष्ट्रिय वाणिज्य२८९.२२९७.०८७.९
सानिमा१७९.६८१८२.२१२.५
सिद्धार्थ२१५.६४२१९.७१४.१
स्टान्डर्ड चार्टर्ड८५.८३९०.९४५.१
जम्मा४८५०.५९४९१४.५१६३.९
स्रोत : नेपाल बैंकर्स संघ

चैतमा वाणिज्य बैंकहरुले ८१ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। त्यसमध्ये १२ अर्ब ७० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा थपिएको हो।

प्रभु बैंकले १२ अर्ब ६० करोड, कुमारी बैंकले ९ अर्ब ५० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ३० रुपैयाँ निक्षेप बढाएका छन्।

१५ बैंकमा निक्षेप थपिंदा ५ बैंकमा भने घटेको छ। सिटिजन्स, लक्ष्मी सनराइज, एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड र सानिमा बैंकको निक्षेप खुम्चिएको हो।

कुन बैंकमा कति थपियो निक्षेप ?

वाणिज्य बैंक २०८१ फागुन मसान्तसम्म
(रु. अर्बमा)
२०८१ चैत मसान्तसम्म
(रु. अर्बमा)
फरक (रु. अर्बमा)
कृषि विकास२५३.२८२५४.९५१.७
सिटिजन्स२०१.८३२००.५-१.३
एभरेष्ट२६७.७६२६७.८१०.१
ग्लोबल आइएमई५३३.२३५३७.६९४.५
हिमालयन३०३.०४३०४.४७१.४
कुमारी३५६.५९३६६.०४९.५
लक्ष्मी सनराइज३५०.५१३४८.३-२.२
माछापुच्छ्रे१६८.०९१७१.३३३.२
नबिल५०३.२५५१०.६८७.४
नेपाल३०९.९८३१५.५८५.६
नेपाल इन्भेष्टमेन्ट मेगा४५२.६४४५९.९२७.३
नेपाल एसबिआई१८१.४५१८५.७५४.३
एनआईसी एसिया२९८.६८२९७.७४-०.९
एनएमबि२६६.८६२७२.५७५.७
प्रभु३१२.९१३२५.४८१२.६
प्राइम कमर्सियल२४२.६९२४९.०१६.३
राष्ट्रिय वाणिज्य४४७.५५४६०.२५१२.७
सानिमा२१५.०६२१५.०४-०.०२
सिद्धार्थ२४६.३१२५०.४९४.२
स्टान्डर्ड चार्टर्ड१२५.३३१२४.७५-०.६
जम्मा६०३७.०४६११८.३५८१.३
स्रोत : नेपाल बैंकर्स संघ