मितेरी डेभलपमेन्ट बैंकको नाफा ३५.४० प्रतिशतले बढ्यो, खराब कर्जामा समेत सुधार

बिजमाण्डू
२०८२ बैशाख ३ गते १६:०७ | Apr 16, 2025
मितेरी डेभलपमेन्ट बैंकको नाफा ३५.४० प्रतिशतले बढ्यो, खराब कर्जामा समेत सुधार


काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले नाफा बढाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३५.४० प्रतिशतले बढेको हो। चैत मसान्तसम्म बैंकले ९ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ। पोहोर ९ महिनामा बैंकको नाफा ६ करोड ८२ लाख रुपैयाँ थियो।

Tata
GBIME
NLIC

ब्याज आम्दानी घटेपनि बैंकले कर्जा नोक्सानी कम हुँदा नाफा बढाउन सफल भएको हो।

९ महिनामा बैंकको ब्याज आम्दानी ३१.४३ प्रतिशतले घटेर १३ करोड २६ लाखमा खुम्चिएको छ। ‍पोहोर ९ महिनामा लघुवित्तको ब्याज आम्दानी १९ करोड ३४ लाख रुपैयाँ थियो।

चैत मसान्तसम्म बैंकले २१ लाख ४८ हजार रुपैयाँ कर्जा नोक्सानी गरेको छ। पोहोर सोही अवधिमा यस्तो नोक्सानी वापत २ करोड ६३ लाख छुट्याएको थियो।

साथै बैंकको खराब कर्जा २.६३ प्रतिशतबाट घटेर ०.७८ प्रतिशतमा झरेको छ। बैंकको वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ छ। बैंकको प्रतिशतसेयर आम्दानी १०.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ।