
काठमाडौं। पियोर इनर्जी कम्पनीको आइपीओमा २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयरको बिक्री खुलाएकामा २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको आइपीओ माग गर्दै १९ लाख ३६ हजार ५३ आवेदन परेको हो।
आवेदन दिन म्याद मंगलबार अपराह्न ५ बजेसम्म थियो।
कम्पनीको आइपीओमा मागको १९.०२ गुणा आवेदन परेकाले १८ लाख १६ हजार ५३३ आवेदकको हात खाली हुनेछ। कम्पनीको आइपीओ १०/१० कित्ताका दरले १ लाख १९ हजार ५२० आवेदकले मात्रै हात पार्नेछन्।
पियोर इनर्जीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषलाई यसअघि नै सेयर निष्कासन गरेको थियो।
चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनी २ करोड ३ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ। कम्पनीले आगामी वर्ष १ करोड १४ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ।