नयाँ वर्षको पूर्व सन्ध्यामा गोंगबुबाट सुन र चाँदीका गहना सहित एक लाख नगद चोरी

बिजमाण्डू
२०८२ बैशाख १ गते १७:०६ | Apr 14, 2025
नयाँ वर्षको पूर्व सन्ध्यामा गोंगबुबाट सुन र चाँदीका गहना सहित एक लाख नगद चोरी
File Photo


काठमाडौं । काठमाडौंको गोंगबुबाट सुन र चाँदीका गहना सहित एक लाख रुपैयाँ रुपैयाँ चोरी भएको छ।

Tata
GBIME
NLIC

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा  टोखा नगरपालिका-९ गोंगबु डेरा गरि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ५० वर्षीय राम बहादुर श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना चोरी भएको हो।

उनको कोठाबाट नगद १ लाख रूपैयाँ समेत चोरिएको छ। करिब ३ लाख ५ हजार ८०० रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको प्रहरीले जनाएको छ।।

यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने सप्तरी रूपनी गाउँपालिका-६ घर भएका ४४ वर्षीय अशोक कुमार यादवको कोठाबाट सुनका विभिन्न गरगहना र नगद आइतबार दिउँसो चोरी भएको छ। उनको कोठाबाट करिब ५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

प्रहरीले दुवै घटनामा चोरीमा संलग्नहरुको खोजी गरिरहेको छ।