काठमाडौं । काठमाडौंको गोंगबुबाट सुन र चाँदीका गहना सहित एक लाख रुपैयाँ रुपैयाँ चोरी भएको छ।
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा टोखा नगरपालिका-९ गोंगबु डेरा गरि बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ५० वर्षीय राम बहादुर श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना चोरी भएको हो।
उनको कोठाबाट नगद १ लाख रूपैयाँ समेत चोरिएको छ। करिब ३ लाख ५ हजार ८०० रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको प्रहरीले जनाएको छ।।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने सप्तरी रूपनी गाउँपालिका-६ घर भएका ४४ वर्षीय अशोक कुमार यादवको कोठाबाट सुनका विभिन्न गरगहना र नगद आइतबार दिउँसो चोरी भएको छ। उनको कोठाबाट करिब ५ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।
प्रहरीले दुवै घटनामा चोरीमा संलग्नहरुको खोजी गरिरहेको छ।