
काठमाडौं। विश्व बैंक ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत कैलाली चुरे गाउँपालिकाको सहजपुर-निगालीसम्म १४.८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ। यसका लागि दुई वटा सडक बनाउन ढुकुचु-एएनके-जोशी जेभीले ६५ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको छ।
जसमा पहिलो कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ। विश्व बैंक ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर-निगालीसम्म १४.८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो।
सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुनेछ। यसका लागि निर्माण कम्पनीले ३६ करोड ३० लाख रुपैयाँमा ठेक्का लिएको छ।
यस्तै अर्को खण्ड कञ्चनपुरको चन्देव बजार-लालझाडी सडक निर्माणका लागि पनि ठेक्का लागेको छ। यसका लागि निर्माण कम्पनीले २९ करोड ४६ लाखमा ठेक्का पाएको हो।
यी सडकहरु विश्व बैंकको ऋण सहयोगमा निर्माण हुन लागेका हुन्।