सुनको भाउ चार दिनपछि बढ्यो, कारोबार मूल्य तोलाको १ लाख ७५ हजार ४ सय

बिजमाण्डू
२०८१ चैत्र २७ गते ११:२९ | Apr 9, 2025
सुनको भाउ चार दिनपछि बढ्यो, कारोबार मूल्य तोलाको १ लाख ७५ हजार ४ सय

काठमाडौं। सुनको मूल्य चार दिनपछि बढेको छ। बुधबार तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

यसअघि अघिल्लो दिनका तुलनामा ४ सय घट्दा मंगलबार प्रति तोला १ लाख ७३ हजार ४ सय रुपैयाँ भएको थियो।

चाँदी तोलामा ५ रुपैयाँ बढेको छ। बुधबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ३५ रुपैयाँ भएको छ। अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य फेरि बढेको छ। बुधबार सुन प्रति औंस ३०१८.६७ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस २९.९२ डलर छ। मंगलबार सुन प्रति औंस ३००१.९६ डलर र चाँदी ३०.१६ डलर थियो।