पोखरा आउनुपर्ने १२६ यात्रु छेङ्दुमा रोकिए, सिचुवान एयरको चार्टर्ड उडान मौसमी प्रतिकूलताले स्थगित

बिजमाण्डू
२०८१ चैत्र २६ गते १६:०१ | Apr 8, 2025
पोखरा आउनुपर्ने १२६ यात्रु छेङ्दुमा रोकिए, सिचुवान एयरको चार्टर्ड उडान मौसमी प्रतिकूलताले स्थगित

काठमाडौं। सिचुवान एयरले छेङ्दुबाट पोखरामा गर्ने भनिएको चार्टर्ड उडान मौसमी प्रतिकूलताका कारण स्थगित भएको छ।

Tata
GBIME

सिचुवानको जहाज मंगलबार दिउँसो १ बजे पोखरामा अवतरण गर्ने तालिका रहेकामा मौसमी प्रतिकूलताका कारण स्थगित भएको विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताइन्।

‘हिजोदेखि नै पोखराको मौसम राम्रो छैन। त्यही कारण सिचुवानको जहाज आउन सकेन,’ उनले भनिन्।

सिचुवानले जहाजमा १२६ यात्रु ल्याउने जानकारी विमानस्थललाई गराएको थियो। कम्पनीको जहाजमा छेङ्दु जान चाहने यात्रुको संख्या ६६ छ।

सुवेदीका अनुसार कम्पनीले मंगलबार स्थगित भएको उडान बुधबार गर्ने जानकारी दिएको छ।

बाक्लो तुवाँलोका कारण पोखरामा सोमबार आन्तरिकतर्फको उडान बन्द भएको थियो। आन्तरिक उडान मंगलबार बिहान ११ बजेबाट पुन: सञ्चालनमा आएको छ।