टर्च बाल्दै सडकमा सरकारको खोजी, शिक्षकहरुको प्रदर्शनमा जारी छ नाचगान (तस्विरहरु)

प्रवीण रानाभाट
२०८१ चैत्र २६ गते १४:०२ | Apr 8, 2025
टर्च बाल्दै सडकमा सरकारको खोजी, शिक्षकहरुको प्रदर्शनमा जारी छ नाचगान (तस्विरहरु)


काठमाडौं । आज पनि सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

Tata
GBIME
NLIC

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरु काठमाडौं आएका हुन्। हिजोबाट उनीहरुको काठमाडौं केन्द्रित प्रदर्शन सुरु भएको हो।

आज पनि शिक्षकहरुले माइतीघर देखि बानेश्वरसम्म र्‍याली निकालेका थिए। बबरमहलमा कोणसभा गरेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

उनीहरुले पूरा नभएसम्म दैनिक काठमाडौंमा आन्दोलन गर्ने जनाएका छन्।

नाचगान गर्दै शिक्षकहरुले प्रदर्शन गरिरहेका छन्। आज भने टर्च बाल्दै उनीहरुले सरकार खोजेको सांकेतिक विरोध गरेका छन्।