सुनको कारोबार मूल्य १९ सयले घटेर तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ

बिजमाण्डू
२०८१ चैत्र २४ गते ११:३५ | Apr 6, 2025
सुनको कारोबार मूल्य १९ सयले घटेर तोलाको १ लाख ७४ हजार ५०० रुपैयाँ


काठमाडौं। सुनको मूल्य लगातार घट्न थालेको छ। साताको पहिलो दिन तोलामा १ हजार ९०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
NLIC

यसअघि गत शुक्रबार सुन ३ हजार ९ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ७६ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी ७० रुपैयाँ घटेको छ। आइतबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। यसअघि २५ रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रति तोला १ हजार ८ सय ७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो। आइतबार सुन प्रतिऔंस ३०३७.६५ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस २९.६२ डलर छ। गत शुक्रबार सुन प्रति औंस ३१०३.९१ डलर र चाँदी प्रति औंस ३१.५४ थियो।