सर्वाधिक उचाईमा पुगेको सुनको मूल्यमा आज गिरावट, तोलामा घट्यो ३ हजार ९०० रुपैयाँ

बिजमाण्डू
२०८१ चैत्र २२ गते ११:०८ | Apr 4, 2025
सर्वाधिक उचाईमा पुगेको सुनको मूल्यमा आज गिरावट, तोलामा घट्यो ३ हजार ९०० रुपैयाँ

काठमाडौं । बिहीबार उच्च विन्दुमा पुगेको सुनको मूल्य घटेको छ। साताको अन्तिम दिन तोलामा ३ हजार ९०० रुपैयाँ घटेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ७६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिन सुन तोलामा १ हजार २०० रुपैयाँ बढ्दै प्रति तोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी १२५ रुपैयाँले घटेर प्रति तोला एक हजार ८७० रुपैयाँमा आइपुगेको छ।

बिहीबार चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रति तोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य घटेर प्रतिऔंस ३१०३.९१ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस ३१.५४ डलर छ। बिहीबार सुन प्रतिऔंस ३१३५.२२ डलर र चाँदी ३३.२ डलर थियो।