कहालीलाग्दो वित्तीय अवस्थाको नारायणी डेभलपमेन्ट बैंकको सेयर ओरालो, लगानीकर्ताले थाले गुमाउन

बिजमाण्डू
२०८१ चैत्र १३ गते १५:५६ | Mar 26, 2025
कहालीलाग्दो वित्तीय अवस्थाको नारायणी डेभलपमेन्ट बैंकको सेयर ओरालो, लगानीकर्ताले थाले गुमाउन


काठमाडौं। नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानीबाट वित्तीय सूचक कहालीलाग्दो देखिएको नारायणी डेभलपमेन्ट बैंकको सेयर भाउ ओरालो लाग्न थालेको छ। बैंकको सेयर मूल्य बुधबार प्रति कित्ता १६७० रुपैयाँमा झरेको छ।

Tata
GBIME
NLIC

नेप्से ३९.१३ अंकले बढ्दा नारायणीको सेयर मूल्य प्रति कित्ता ८९.९४ रुपैयाँले घटेको हो।

वित्तीय अवस्था नाजुक भएर नेपाल राष्ट्र बैंकको कारबाहीमा पर्दा पनि नारायणीको सेयर मूल्य बजार ओरालो लाग्दा समेत एक महिना निरन्तर उकालो लागेको थियो।

पुस २५ गते प्रति कित्ता ९६८ रुपैयाँ रहेको बैंकको सेयर मूल्य एकाएक बढेर चैत १० गते २०६० रुपैयाँ पुगेको थियो।

राष्ट्र बैंकले गरेको सूक्ष्म निगरानीबाट नारायणीको खराब कर्जा अनुपात ४७.५५ प्रतिशत पुगेको र पुँजीकोष अनुपात ०.६४ प्रतिशतमा झरेको देखिएको थियो।