कुलमानको पक्षमा विभिन्न समूह सडकमा : सरकारविरुद्ध नाराबाजी, निर्णय सच्याउन माग

बिजमाण्डू
२०८१ चैत्र १२ गते १५:१८ | Mar 25, 2025
कुलमानको पक्षमा विभिन्न समूह सडकमा : सरकारविरुद्ध नाराबाजी, निर्णय सच्याउन माग


काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

Tata
GBIME
NLIC

कुलमानलाई पदमुक्त गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वसाधारणले मंगलबार अपराह्न स्वतस्फूर्तरुपमा प्रदर्शन गरेका हुन्।

सर्वसाधारणले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरुले प्रदर्शनका क्रममा कुलमानको पक्षमा र सरकारको विरोधमा नाराबाजी गरेका छन्।

नयाँ बानेश्वरमा प्रदर्शनकारीहरुले निषेधित क्षेत्रध तोड्ने प्रयास गर्दा प्रहरीसँग धकेलाधकेल भएको छ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले कुलमानलाई बर्खास्त गरेको थियो।

कुलमानलाई बर्खास्त गरिएकामा सरकारको चौतर्फी विरोध भइरहेको छ। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्रैबाट सरकारको चर्को आलोचना भएको छ।

सरकारी निर्णयको विरोधमा मंगलबार बिहान विद्यार्थी संगठनले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका थिए।

यस्तै, नेकपा बहुमतले पनि कूलमानको पक्षमा सिंहदरबार बाहिर प्रदर्शन गरेको छ। निषेधित क्षेत्र तोडेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ।