
काठमाडौं। उपकार लघुवित्तको लकइन अवधि एक महिनापछि समाप्त हुने भएको छ।
लघुवित्तले कर्मचारी र संस्थापक सेयरधनीलाई वितरण गरेको ४ लाख २३ हजार २८१ कित्ता सेयरको लकइन अवधि २०८२ वैशाख ८ गते समाप्त हुने भएको हो।
संस्थापक सेयरधनीको ४ लाख २० हजार कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ३ हजार २८१ कित्ताको लकइन अवधि वैशाख ८ गते समाप्त हुने लघुवित्तले जनाएको छ।
लकइन अवधि सकिएपछि सेयर कारोबारका लागि खुला हुनेछ। उपकारले २०७९ वैशाख ९ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेको थियो।
आइपीओ बाँडफाँड गरेको तीन वर्षसम्म कर्मचारी र संस्थापकले लकइनका कारण सेयर खरिद बिक्री गर्न पाउँदैनन्।