BIZMANDU
www.bizmandu.com

उपकार लघुवित्तका संस्थापकले सेयर बेच्न पाउने मिति नजिकिंदै, लकइन अवधि कहिले सकिन्छ?

२०८१ चैत्र १०

उपकार लघुवित्तका संस्थापकले सेयर बेच्न पाउने मिति नजिकिंदै, लकइन अवधि कहिले सकिन्छ?
उपकार लघुवित्तका संस्थापकले सेयर बेच्न पाउने मिति नजिकिंदै, लकइन अवधि कहिले सकिन्छ?

काठमाडौं। उपकार लघुवित्तको लकइन अवधि एक महिनापछि समाप्त हुने भएको छ।

Tata
GBIME

लघुवित्तले कर्मचारी र संस्थापक सेयरधनीलाई वितरण गरेको ४ लाख २३ हजार २८१ कित्ता सेयरको लकइन अवधि २०८२ वैशाख ८ गते समाप्त हुने भएको हो।

संस्थापक सेयरधनीको ४ लाख २० हजार कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ३ हजार २८१ कित्ताको लकइन अवधि वैशाख ८ गते समाप्त हुने लघुवित्तले‍ जनाएको छ।

लकइन अवधि सकिएपछि सेयर कारोबारका लागि खुला हुनेछ। उपकारले २०७९ वैशाख ९ गते सर्वसाधारणलाई आइपीओ बाँडफाँड गरेको थियो।

आइपीओ बाँडफाँड गरेको तीन वर्षसम्म कर्मचारी र संस्थापकले लकइनका कारण सेयर खरिद बिक्री गर्न पाउँदैनन्।