नवीकरण दस्तुर नबुझाएपछि म्याग्दीको इन्टरनेट सेवा प्रदायक नेपाल वायरलेसको लाइसेन्स खारेज

बिजमाण्डू
२०८१ चैत्र ८ गते ०९:०९ | Mar 21, 2025
नवीकरण दस्तुर नबुझाएपछि म्याग्दीको इन्टरनेट सेवा प्रदायक नेपाल वायरलेसको लाइसेन्स खारेज

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले म्याग्दीको नेपाल वायरलेसको लाइसेन्स खारेज गरेको छ।

Tata
GBIME

नियमानुसार नवीकरण दस्तुर नबुझाएको भन्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक नेपाल वायरलेसको लाइसेन्स खारेज गरेको हो।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको लगानी रहेको नेपाल वायरलेसले ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने उद्देश्यले स्थापित कम्पनी हो। म्याग्दी नजिक पोखरामा इन्टरनेट पुगिसकेको अवस्थामा पुनले नेपाल वायरलेसमार्फत गाउँका विभिन्न विद्यालयमा इन्टरनेट पुर्‍याएका थिए।

प्राधिकरणकाअनुसार उक्त कम्पनीको लाइसेन्स फागुन १९ गतेदेखि स्वत: खारेज गरिएको छ। प्राधिकरणले नियमानुसार तिर्न बाँकी रकम ३० दिन भित्र बुझाउन पत्राचार गरेको छ।

प्राधिकरणले पछिल्लो समय नवीकरणको प्रक्रिया नचाल्नेदेखि दस्तुर नबुझाउने इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्दै आएको छ।