
काठमाडौं। शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चिनियाँ ब्रान्ड ओमोडा एण्ड जेको भित्र्याएको एक वर्ष भएको छ। कम्पनीले एक वर्ष पुगेको अवसरमा कार्यक्रम गरेको छ।
कम्पनीले शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, निर्देशक गौरव शारडा, निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द लगायतको उपस्थितिमा कार्यक्रम गरेको हो।
निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेको छोटो समयमै नेपाली ग्राहकको मन जित्न सफल भएको बताए।
‘यो सफलता ग्राहकहरूले हामीप्रति गरेको असिम विश्वास हो। यस विश्वासलाई आत्मसात् गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउन ओमोडा एण्ड जेको परिवार प्रतिबद्ध छ,’ उनले भने।
ओमोडा एन्ड जेकोले नेपाली बजारमा ८०० युनिटभन्दा बढी बिक्री गरेको कम्पनीले जनाएको छ। कम्पनीले जेको जे ५ र जेको भी २३ नेपालमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
कम्पनीले नयाँ ग्राहकका लागि वार्षिकोत्सव विशेष अफर घोषणा गरेको छ। अफर अन्तर्गत ५५ लाख ९९ हजारबाट सुरू हुने ओमोडा एन्ड जेकोका गाडीमा ग्राहकले ५ लाख १५ हजारसम्म छुट पाउनेछन्। यस्तै १ वर्षको नि:शुल्क बीमा, एक वर्षको सडक कर नि:शुल्क र ७ किलोवाटको चार्जर नि:शुल्क पाउनेछन्।