
काठमाडौं। विद्युतीय गाडीको बिक्री ह्वात्तै बढेको छ। गाडीमा यो प्रविधि उपयोग गर्नेको साझा सरोकार हो ब्याट्री। किनभने यसको लागत के कति हुन्छ भन्ने टाउको दुखाइको विषय छ। पछिल्लो समयमा ब्याट्रीको उत्पादन लागत घटेकाले विद्युतीय गाडीको मूल्य पनि घट्दै छ। ब्याट्रीको मूल्य घट्नुको मुख्य कारण प्रविधिको विकास र उत्पादनमा भएको वृद्धि हो।
ब्याट्रीको मूल्य घट्दा विद्युतीय गाडीको बिक्री बढ्ने अनुमान गरिएको छ। जसले गर्दा वातावरण प्रदूषण कम गर्न र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न मद्दत पुग्नेछ।
अहिले इलेक्ट्रिक सवारी(इभी) को ब्याट्री परिवर्तन गर्नु परेमा ५ हजारदेखि २० हजार डलर अर्थात ७ लाखदेखि २७ लाख रुपैयाँसम्म पर्छ। ब्याट्रीको क्षमताअनुसार मूल्य तय हुन्छ। नेपालमा अहिले प्राय ३० देखि ८० किलोवाट क्षमताका ब्याट्री मात्रै मासमा उपलब्ध छन्। त्यसमा पनि ४० देखि ६० किलोवाट आवर क्षमताका ब्याट्री धेरै छन्।
ठुलो ब्याट्री छ भने लागत धेरै लाग्छ। जस्तै ४० किलोवाट आवर(युनिट) क्षमताको ब्याट्रीमा भन्दा ६० किलोवाट आवर क्षमताको ब्याट्रीको मूल्य धेरै पर्छ।

सन् २०१२ मा १ किलोवाट आवर(युनिट) को लागत ४०० डलरसम्म थियो। यो मूल्य २०२४ को अन्तिममा आइपुग्दा प्रति किलोवाट आवरको मूल्य १११ डलरमा झरेको छ। ब्याट्रीको लागत १२ वर्षमा ७२ प्रतिशतले घटेको छ। अहिले ब्याट्रीका लागि तिरेको लागत अबको केही वर्षमा नै फरक भइदिन्छ। पछिल्लो समय त्यही भइरहेको छ।
उदाहरणका लागि, २०१९ मा, ह्वार्टन स्कुल फर बसिजनेसमा रहेको म्याक इन्स्टिच्युट फर इनोभेसन म्यानेजमेन्टले ब्याट्री प्याकको लागतमा २००७ र २०१९ को बीचमा १६ प्रतिशतसम्म गिरावट फेला पारेको छ, जसमा ब्याट्री प्याकहरूको लागि प्रति किलोवाट आवरको लागत १६१ डलर अर्थात नेपाली १८ हजार रुपैयाँ भयो। त्यही अनुसार २०१९ मा टेस्लाको लङ रेन्जमा सामान्य रूपमा वारेन्टी सहिएका १०० किलोवाट आवर क्षमताको ब्याट्रीको लागत कर र रिप्लेसमेन्ट कस्ट बाहेक १६ हजार १०० डलर अर्थात १७ लाख ८७ हजार रुपैयाँ मात्रै हुन आएको थियो।
तर २०२४ मा गोल्डम्यान सचले गरेको अध्ययन अनुसार उक्त ब्याट्रीको लागत अहिले प्रति किलोवाट आवरको १११ डलर अर्थात नेपाली १५ हजार रुपैयाँमा झरेको छ। त्यो भनेको १०० किलोवाट आवरको ब्याट्री प्याक परिवर्तन गर्न ११ हजार १०० डलर अर्थात नेपाली १५ लाख रुपैयाँ मात्रै पर्छ।
माथि तोकिएको मूल्य ग्लोबलको ओसत हो। तर सीएटीएल र बिवाइडीले बनाउने एलएफपी सेल्सहरु भएको ब्याट्रीको मूल्य भने कम रहेको छ। यस्तै ब्याट्री प्याक भन्दा सेल्स परिवर्तन गर्ने मूल्य अझै कम हुन्छ।
नेपालमा उपलब्ध इभीका ब्याट्री फेर्न कति लाग्छ?
६० किलोवाट क्षमताको ब्याट्री परिवर्तन गर्नु परेमा सरदर ६ हजार ६६० डलर अर्थात नेपाली ९ लाख १९ हजार रुपैयाँ लाग्छ। तर, यसमा देश अनुसारको करको दर भने थप हुन्छ।
जस्तै नेपालमा ब्याट्रीको करमो दर लगभग ३८ देखि ४० प्रतिशत हुन आउँछ। यसमा भ्याट पनि समावेश छ। यसको १२ लाख ८६ हजार हुन आउँछ। यसमा ढुवानी र रिप्लेसमेन्टको लागत पनि थप हुन्छ। यसरी हेर्दा ६० किलोवाट आवरको ब्याट्री फेर्नु परेमा कम्पनी अनुसार १४ लाखदेखि १६ लाखसम्म लाग्नेछ।
यस्तै ५० किलोवाट क्षमताको ब्याट्री प्याक छ भने अझै सस्तोमा ब्याट्री परिवर्तन गर्न सकिन्छ।
तर नेपालमा केही कम्पनी अर्थात टाटाले ब्याट्री रिपेयर सेन्टर अर्थात सेल मात्रै पनि परिवर्तन गर्न सक्ने इकोसिस्टम तयार पारेको छ। जसले ब्याट्रीको लागत एक दमै कम बनाउँछ।
अझै घट्ने प्रक्षेपण
विज्ञ र रिसर्चरहरुका अनुसार आगामी वर्षहरुमा अझै ब्याट्री लागत घट्ने छ। उनीहरुले गरेको प्रक्षेपणअनुसार २०३० सम्म ठूलो ब्याट्री प्याकको लागत ५ हजार डलर र सानो ब्याट्री प्याकको लागत ३ हजार डलरसम्म हुनेछ।
गोल्डम्यान सचको अक्टोबर २०२४ को रिपोर्टले २०३० मा प्रति किलोवाट आवरको मूल्य ६४ डलर हुने प्रक्षेपण छ। अन्य अनुमानको तुलनामा यो संख्या धेरै हो। जनवरी २०२४ मा, इन्डस्ट्री लिडर आरएमआईले २०३० मा प्रतिकिलोवाट आवरको मूल्य ३२ देखि ५४ वा ४५ देखि ६५ डलर हुने प्रक्षेपण गरेको छ।
गोल्डम्यान सचले गरेको प्रक्षेपण अनुसार २०२५ मा प्रति किलोवाट आवर(युनिट) को मूल्य ९० डलर, २०२६ मा ८२ डलर, २०२७ मा ७६ डलर, २०२८ मा ७२ डलर, २०२९ मा ६८ डलर र २०३० मा ६४ डलरसम्म हुनेछ।
यद्यपि, २०२४ को अवधिमा, सीएटीएलले एलएफपफ सेलहरू प्रतिकिलोवाट आवरको ५६ डलरमा मूल्य तय गरेको थियो। सोही मूल्य बीवाइडीले पनि आफ्नो ब्याट्रीमा तय गरेको थियो। यस्तै क्लीन एनर्जी एसोसिएटले भविष्यवाणी गरे अनुसार लिथियम-आयन ब्याट्रीहरूको लागि विश्वव्यापी बजार २०२८ सम्म ओभरसप्लाइ रहनेछ, जसको अर्थ माथि प्रक्षेपण गरिएका मूल्यहरू भन्दा पनि कम हुन सक्छ।
बिजनेस इन्साइडर र आरएमआई रिपोर्टका लेखक, दान वाल्टरका अनुसार माथि गरिएको प्रक्षेपणअनुसार २०३० मा प्रति किलोवाट आवरको मूल्य ३५ डलर हुने जस्तो देखिन्छ। यदि यस्तो भएमा ठूलो १०० किलोवाट आवर क्षमताको ब्याट्री प्याकको लागि प्रतिस्थापन लागत ४५ सयदेखि ५ हजार डलर र यदि ७५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएमा ३ हजार डलरको हाराहारी मात्रै हुन्छ। जुन इन्धन सवारीको इन्जिन प्रतिस्थापनसँग बराबर हुन्छ।
यसबाहेक, २०३० मा उपभोक्ताहरूले बढ्दो प्रतिस्पर्धात्मक ब्याट्रीको सेकेन्ड लाइफ मार्केटमा आफ्नो ब्याट्री पुन: बिक्री गरेर प्रतिस्थापन प्याकको लागत घटाउन सक्नेछन्। आज, प्रतिस्थापन गरिएका ब्याट्रीहरु सर्भिस सेन्टरहरुले नै राख्ने गरेका छन्। उनीहरुले उक्त ब्याट्री रिसाइकल गर्न पुन: बेच्ने गर्छन्।
उनीहरुले ऊर्जा भण्डारण वा ब्याकअप पावरको लागि पुरानो ब्याट्रीहरू पुन: प्रयोग गर्ने कम्पनीलाई बेच्नेछन्। यद्यपि, इभी ब्याट्रीहरूको दोस्रो जीवनको महत्त्व ब्याट्रीहरूको लागि बढ्दो बजारको अर्थ ग्राहकहरुले आफ्नो भएको पुरानो ब्याट्रीको पनि मूल्य पाउनेछन्। जसले गर्दा नयाँ ब्याट्री फेर्दा त्यसले लागत कम गराउने छ।
यसले गर्दा इभी खरिदकर्ताहरुलाई ब्याट्री रिपेयरको समस्या नहुने उनीहरुको भनाइ छ। मर्मत गर्नुभन्दा फेर्नु नै ठिक हुन्छ।

किन घट्दै छ ब्याट्रीको मूल्य
विशेषगरि चीनमा इभीको बढ्दो उत्पादन र प्रयोगले लिथियमको माग बढाएको छ। तर, आपूर्ति अझ छिटो बढेको छ। गोल्डम्यान्ड सचको हालैको रिपोर्टले अनुमान गरे अनुसार आपूर्ति अर्को वर्ष ५७ प्रतिशतले मागभन्दा बढी हुन सक्छ।
अमेरिका, जापान, भारत, चीन, नेदरल्याण्ड र अन्य धेरै यस्ता देशहरूले इभी अपनाउनका लागि महत्त्वाकांक्षी लक्ष्यहरू राखेका छन्। उदाहरणका लागि, भारतले २०३० सम्ममा नयाँ सवारीसाधनको बिक्रीको ३० प्रतिशत इभी हुने लक्ष्य राखेको छ। यद्यपि चार्जिङ पूर्वाधार र दायराको चिन्ताले यो लक्ष्य हासिल गर्न चुनौती खडा गरिरहेको छ, ब्याट्री प्याकको घट्दो लागतले थप इभीतर्फ डोर्याउने अवस्था बन्दै गइरहेको छ।
गोल्डम्यान सचका अनुसार ब्याट्री धातुको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। यसमा लिथियम र कोबाल्ट समावेश छ र ब्याट्रीको लागतको लगभग ६० प्रतिशत धातुहरुको हो। करिब ४० प्रतिशत भन्दा बढी गिरावट कमोडिटी लागतबाट मात्र आएको हो, किनकि हामीले २०२० देखि २०२३ सम्ममा धेरै हरित मुद्रास्फीति गरेका थियौं।
हामीले दशकको अन्त्यतिरको समयलाई हेर्दा आजका धेरै इभीहरुले आफ्नो वारेन्टी अवधि पार गर्दा पनि ब्याट्री प्रतिस्थापनको ठूलो लागत लाग्छ भन्ने कुराले ग्राहकहरु डराउनुपर्ने अवस्था छैन। ब्याट्रीहरूले अपेक्षा गरेभन्दा राम्रो र लामो समयसम्म काम गर्ने प्रमाणित भइसकेका छन्। साथै तिनीहरूलाई प्रतिस्थापन गर्न र तिनीहरूको थोरै घटेको प्याकहरू विभिन्न दोस्रो जीवन प्रयोगहरूमा पुन: प्रयोग गर्न सकिने बजारहरुको विकास पनि भइरहेका छन्।