चीनका अफरोड पारखी १३ वटा फोर्ड गाडीमा एकसाथ नेपाल, जानेछन् मुस्ताङसम्म

बिजमाण्डू
२०८१ चैत्र १ गते १२:४७ | Mar 14, 2025
चीनका अफरोड पारखी १३ वटा फोर्ड गाडीमा एकसाथ नेपाल, जानेछन् मुस्ताङसम्म


काठमाडौं। चीनका अफरोड पारखीहरु एकसाथ १३ वटा फोर्ड गाडीमा नेपाल आएका छन्। उनीहरु चीनका विभिन्न प्रान्त हुँदै रसुवाको बाटोबाट बुधबार काठमाडौं आइपुगेका हुन्।

Tata
GBIME
NLIC

फोर्ड नेपालले उनीहरुको स्वागतमा एक कार्यक्रम गरेको छ। फोर्ड नेपालका प्रबन्ध निर्देशक आकाश गोल्छाले खादा लगाएर स्वागत गरे। उनले अफरोड पारखी चिनियाँहरुको आगमनले साहसिक पर्यटन र अफ-रोड यात्रामा थप सहकार्य बढाउन सहयोग पुग्ने बताए।

गोल्छाले पर्यटन, नयाँ इनोभेसन र अटोमोटिभ एक्सिलेन्सको क्षेत्रमा चीन-नेपाल सम्बन्धलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

चिनियाँहरुले नेपालमा अफरोड अनरोड दुबैमा ड्राइभ गर्नेछन्। उनीहरुले चितवन, पोखरा, मुस्ताङ लगायत स्थानमा ड्राइभ गर्ने र घुम्ने योजना बनाएका छन्। उनीहरुले ल्याएका फोर्डका केही गाडी नेपालमै उपलब्ध छन् भने केही गाडी नेपालका लागि नयाँ हुन्।