स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, १९ हजार ५७४ जनालाई १० कित्ता, ३ जनालाई ११ कित्ता

बिजमाण्डू
२०८१ चैत्र १ गते ११:०१ | Mar 14, 2025
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, १९ हजार ५७४ जनालाई १० कित्ता, ३ जनालाई ११ कित्ता


काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले गोलाप्रथाबाट सेयर बाँडफाँट गरेको हो।

Tata
GBIME
NLIC

१९ हजार ५७७ जनाले १०/१० कित्ता दरले सेयर हात पारेका छन्। ती मध्ये ३ जनाले ११/११ कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धकले जनाएको छ।

लघुवित्तको एफपीओमा मागभन्दा धेरै आवेदन परेकाले अधिकांशको हात खाली भएको छ। लघुवित्तले फागुन १८ देखि २१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको थियो।

१७ लाख ८० हजार ४५७ जनाले २ करोड १७ लाख १५ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएकामा २ हजार ६६४ आवेदन रद्द भएको छ।

लघुवित्तको चुक्ता पुँजी हाल ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ छ। एफपीओ निष्कासपछि लघुवित्तको चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुगेको छ।