समृद्धि फाइनान्सका सीइओ लोहनी बाहिरिए, कम्पनीको सीइओ अब घिमिरे, वैशाखदेखि नेतृत्व सम्हाल्ने

बिजमाण्डू
२०८१ चैत्र १ गते १०:४५ | Mar 14, 2025
समृद्धि फाइनान्सका सीइओ लोहनी बाहिरिए, कम्पनीको सीइओ अब घिमिरे, वैशाखदेखि नेतृत्व सम्हाल्ने


काठमाडौं। समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी संस्थाबाट अलग भएका छन्।

Tata
GBIME
NLIC

उनले व्यक्तिगत कारण जनाइ दिएको राजीनामा फाइनान्सको सञ्चालक समिति बैठकले फागुन २९ देखि लागू हुने गरी स्वीकृत गरेको छ।

लोहनी राजीनामा दिएर बाहिरिएपछि नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कायममुकायम सीइओको जिम्मेवारी पाएका छन्।

उनले चैत महिनाभर यो जिम्मेवारी सम्हाल्नेछन्। आगामी वैशाख १ गतेदेखि लागू हुने गरी सन्तोषकुमार घिमिेरले सीइओको जिम्मेवारी सम्हाल्नेछन्। फाइनान्सको सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख १ देखि लागू हुने गरी ४ वर्षका लागि घिमिरेलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको छ।