
काठमाडौंको वसन्तपुरमा बिहीबार होली मनाउनेमा बेग्लै प्रकारको उल्लास देखिएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुरमा भेला भएका युवाहरुले रङको यो पर्वलाई हर्षपूर्वक मनाएका छन्।
न्युरोड गेटदेखि हनुमानढोका क्षेत्रसम्म होली मनाउनेको घुइँचो रह्यो। होली मनाउन भेला भएकाहरुले गाढा र धुँदा पनि सजिलै नजाने रङका तुलनामा धुलो रङ र अबिर खेलेका छन्।



















