इभी बजारमा लिपमोटर बी१० एसयुभीको सुखद संकेत, चीनमा २ दिनमा ३१ हजार बुकिङ

बिजमाण्डू
२०८१ फागुन २९ गते १४:२१ | Mar 13, 2025
इभी बजारमा लिपमोटर बी१० एसयुभीको सुखद संकेत, चीनमा २ दिनमा ३१ हजार बुकिङ


काठमाडौं। चिनियाँ गाडी निर्माता कम्पनी लिपमोटरलाई नयाँ मोडलले बिक्रीको सुखद संकेत दिएको छ। भर्खरै सार्वजनिक लिपमोटर बी१० एसयुभी दुई दिनमा ३१ हजार युनिट बुकिङ भएको छ। कम्पनीले यो गाडीको बिक्री गत सोमबार मार्च १० देखि खुलाएको थियो।

Tata
GBIME
NLIC

चीनमा बिक्री खुला गरेको ४८ घन्टामा ३१ हजार ६८८ युनिट गाडी बुकिङ भएको हो। यसमा ५१० लिडार सेल्फ ड्राइभिङ सिस्टम पनि छ। उक्त भेरियन्ट धेरै बुकिङ भएको कम्पनीले जनाएको छ।

यो गाडी प्री-अर्डरको १ घन्टामा १५ हजार युनिट बुक भएको थियो। लिपमोटरको यो छैटौं मोडल हो। कम्पनीलाई स्टेलान्टिसले खरिद गरेर इभी उत्पादन गरिरहेको छ।

यो गाडी लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको हो। यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) फिचर पनि छ। जसमा स्मार्ट पार्किङसहितको १६ वटा फङ्सन छन्।

बी१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसिडि इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डि-आकारको स्टेयरिङ ह्वील छ। सेन्टर कन्सोलमा दुई वायरलेस चार्जिङ प्याड समावेश छन्। यसमा क्वालकम स्न्यापड्रागन ८२९५ चिप र क्लाउड-आधारित एआई भ्वाइस असिस्टेन्ट प्रयोग गर्दछ। बी१० मा १.८३-वर्ग-मिटर सनरुफ र १२ स्पिकरहरू समावेश छन्।

इन्ट्री लेभलको बी१० सिंगल मोटरद्वारा संचालित छ, जसले १७७ हर्सपावर प्रदान गर्छ। जुन ९.३ सेकेन्डमा ० देखि १०० किलोमीटर प्रति घन्टासम्मको गति लिन्छ। अझ शक्तिशाली भेरियन्टले २१४ हर्सपावर प्रदान गर्दछ, जसले गर्दा एक्सेलेरेशन समय ६.८ सेकेन्डमा घट्छ।

बी१० मा दुई ब्याट्री विकल्पहरू प्रदान गरिएको छ। जसमा फुल चार्जमा ५१० किलोमिटर रेन्ज दिने ५६.२ किलोवाट आवर एलएफपी ब्याट्री र ६०० किलोमिटर रेन्जको लागि ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। जसले ब्याट्रीलाई लगभग २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ।