
काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
बोनस सेयर थपिएसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रुपैयाँ पुगेको छ।