सिटिजन लाइफ र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य समायोजन, कति कायम भयो?

बिजमाण्डू
२०८१ फागुन २७ गते १६:१० | Mar 11, 2025
सिटिजन लाइफ र नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य समायोजन, कति कायम भयो?

काठमाडौ। नेप्सेले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नेप्सेले मंगलबार समायोजन गरेको हो।

Tata
GBIME

समायोजनपछि सिटिजनको सेयर मूल्य प्रति कित्ता ५७१.४१ रुपैयाँ कायम भएको छ। मंगलबार उक्त कम्पनीको सेयर मूल्य प्रति कित्ता ७२५.६० रुपैयाँ कायम भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट २६.९८ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको थियो। बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सले बोनस सेयर वितरण गरेर तोकिएको चुक्ता पुँजी कायम गर्न लागेको हो।

नेपाल बीमा प्राधिकरणले २०७८ मा इन्स्योरेन्सको चुक्ता पुँजी वृद्धि गरेर जीवन बीमकलाई ५ अर्ब रुपैयाँ तोकेकामा कम्पनीले कायम गर्न सकेको थिएन।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य प्रति कित्ता १९८९.५० रुपैयाँ कायम भएको छ। मंगलबार अन्तिम कारोबारपछि कम्पनीको मूल्य प्रति कित्ता २२७३ रुपैयाँ थियो।

नेष्डोले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। बोनस सेयर वितरणपछि नेष्डोको चुक्ता पुँजी २९ करोड १३ लाख रुपैयाँ पुग्नेछ।