भुक्त्तानी प्रणाली सम्बन्धी राष्ट्र बैंकको निर्देशन, एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने

बिजमाण्डू
२०८१ फागुन २१ गते १९:३६ | Mar 5, 2025
भुक्त्तानी प्रणाली सम्बन्धी राष्ट्र बैंकको निर्देशन, एउटा खाताबाट एकभन्दा बढी कार्ड जारी गर्न नपाइने


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले एउटा व्यक्तिको एउटा खाताबाट एकै प्रकृति (डेविट/क्रेडिट/प्रिपेड)का एकभन्दा बढी कार्ड जारी गर्न नपाउने भएका छन्।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकको भुक्त्तानी विभागले बुधबार भुक्त्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै एउटा व्यक्तिको एउटा खाताबाट एकै प्रकृतिका एकभन्दा बढी कार्ड जारी गर्न नपाउने सर्कुलर जारी गरेको छ।

एनसीएचएलले ल्याउन लागेको नेपाल पे कार्डका हकमा भने सर्कुलर लागू नहुने राष्ट्र बैंकका अधिकारीहरुले बताए।

प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्यरूपमा सम्बन्धित ग्राहकलाई तत्काल एसएमएसमार्फत सन्देश दिनुपर्ने र ग्राहकले अन्य विद्युतीय माध्यमबाट सन्देश माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था भने हटाइएको छ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारिक भीपीएन प्रयोग नभएमा लग इन गर्न नमिल्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ।

सर्कुलर अनुसार अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत) ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा डीसी डीआर ड्रिल गर्नुपर्नेछ।

यस्तै अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले आफ्नो प्रणालीमार्फत हुने सम्पूर्ण कारोबारको अन्तिम फर्स्योट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालकले सञ्चालन गरेको प्रणालीमार्फत सेटलमेन्ट बैंकमा रहेको सेटलमेन्ट
खातामा गर्नुपर्ने छ।