नेपाल टेलिकम ५० रुपैयाँभन्दा कमको रिचार्ज गर्न नमिल्ने निर्णयबाट ब्याक

बिजमाण्डू
२०८१ फागुन २१ गते १६:४७ | Mar 5, 2025
नेपाल टेलिकम ५० रुपैयाँभन्दा कमको रिचार्ज गर्न नमिल्ने निर्णयबाट ब्याक


काठमाडौं। डिजिटल माध्यमबाट ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने निर्णयबाट नेपाल टेलिकम ब्याक भएको छ।

Tata
GBIME
NLIC

मोबाइल वालेट, मोबाइल बैकिङलगायत विद्युतीय माध्यमबाट रिचार्ज गर्दा न्यूनतम मूल्य ५० रुपैयाँ कायम गर्ने एक साताअघिको निर्णयबाट पछि हट्दै टेलिकमले १० रुपैयाँदेखि रिचार्ज गर्न मिल्ने व्यवस्था पुन: लागू गरेको हो।

टेलिकमका प्रवक्ता हरि ढकालले रिचार्ज गर्न केही समयका लागि कायम गरिएको न्यूनतम ५० रुपैयाँको निर्णय स्थगित गरिएको जानकारी दिए।

‘वेट एण्ड सीको अवस्थामा थियौं। यसमा अन्यथा केही होइन,’ ढकालले भने।

टेलिकमको निर्णयपछि ग्राहकले इसेवा, खल्ती, आइएमई पेलगायत वालेटहरुबाट न्यूनतम १० रुपैयाँदेखि नै रिचार्ज गर्न सक्छन्।