काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, बबरमहलदेखि दरबार मार्गसम्म मोटरसाइकल र्‍याली

बिजमाण्डू
२०८१ फागुन २१ गते १४:३६ | Mar 5, 2025
काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, बबरमहलदेखि दरबार मार्गसम्म मोटरसाइकल र्‍याली


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। राप्रपाले बुधबार मोटरसाइकल र्‍यालीमार्फत आफ्नो शक्ति देखाएको हो।

Tata
GBIME
NLIC

राप्रपाका नेता तथा कार्यकर्ता राष्ट्रिय झन्डासहित बबरमहलबाट त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै दरबारमार्ग पुगेका छन्।

र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष वुद्धिमान तामाङ लगायत नेता सहभागी भएका छन्।

राप्रपाले देशमा भ्रष्टाचार बढेको र जनजीविकामा कुनै सुधार नभएको भन्दै व्यवस्था परिवर्तनको माग गर्दै आएको छ। राप्रपाका कतिपय कार्यकर्ताले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए।

राप्रपाको र्‍यालीका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ।